सुडानमा झडप: ८० भन्दा बढीको मृत्यु, रक्तपातपुर्ण घटना अझ जारी
सुडानमा भएको एक झडपमा ८० भन्दा बढीको ज्यान गएको छ । सुडानको पश्मिी डार्फर राज्यको राजधानी एल जेनिनामा सश्स्त्र मिलिशियालृे आक्रमण गरेको हो ।
उक्त आक्रमणमा ८० भन्दा बढिको ज्यान गएको सुडानी राज्य सञ्चालित समाचार संस्था सुना एजेन्सीले बताएको छ ।
साथै आक्रमणमा १६० जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यस्ता रक्तपातपुर्ण घटनाहरु अझै पनि जारी रहेको त्यहाँको सुडानी राज्य सञ्चालित समाचार संस्था सुना एजेन्सीले जनाकारी दिएको छ ।
पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा आदेश समेत जारी गरेका छन्। यहाँ यस्ता थुर्पै घटना हुनेगर्दछन । यस्ता आक्रमणमा परि धेरैले अकालमै ज्यान गुमाउनु परेको छ ।
प्रतिक्रिया दिनुहोस्