नेपालमा नयाँ प्रजातिको कोरोनाभाइरस भित्रिएको पुष्टि, ३ जनामा भेटियो
काठमाडौं , माघ ५ । बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित बिरामीहरु नेपालमा पनि भेटिएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।
२८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपछि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्