अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या
काठमाडौं, ४ माघ । अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको छ । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको हो । यसरी राजधानीसहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको छ ।
यी महिला न्यायाधीशहरु सरकारी सवारी साधनमा चढेर अदालत गइरहेका थिए ।यहि क्रमममा उनीहरुमाथि आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिए । पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन् ।
अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम भनेको रोकिएको छैन ।
अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार ५०० मा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै पछिल्लो आक्रमण भएको छ ।
दुर्भाग्यवस यसरीस् आक्रमणमा ति दुई महिला न्यायाधीशलाई ज्यान गुमाउन पर्यो । उनीहरुका सवारी चालक भने घाइते भएपनि सकुशल रहेको बताएको छ । प्रवक्ता क्वाइमका अनुसार अफगानिस्तानका उच्च अदालतमा २०० भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्