प्रचण्डको ओलीलाई जवाफ- अहिले देश तनाबमा छ, संविधानको हत्या भएको बेला हामी हाँस्न सक्दैनौं

काठमाडौं, माघ ४ । नेकपा प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या हुँदा पनि प्रधानमन्त्री हासेर बसेको बताएका छन् ।

काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । अहिले संविधानको हत्या हुँदा आफुहरु भने हाँस्न नसक्ने उनले बताए ।

सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको प्रचण्डले टिप्पणी गर्दै भने ‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं’, ।

प्रचण्डले अदालत र अख्तियारमा भ्रष्टाचारका मुद्दा रहेकाहरूलाई न्यायाधीश बनेर प्रधानमन्त्री ओलीले सफाइ दिने गरेको आरोप लगाए । ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद विघटन गरेको प्रचण्डले बताए ।

न्यायाधीशजस्तो बनेर ओलीले सफाइ दिने गरेकोले आफूहरूले विरोध गरेको प्रचण्डको उनको भनाइ रहेको छ । ओलीलाई प्रधानमन्त्री पार्टी बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको उनको उनको तर्क छ  ।  प्रधानमन्त्री ओलीले आफुले नेपाली जनता हसाएको दाबी गर्दै जनता हँसाएकोमा केही व्यक्ति चिढिएको टिप्पणी गरेका थिए ।

नेपालको राजनीतीकको के कुरा गर्नु नेता नै हसाँउने खालका छन् अझ भनौ हाम्रा देशका प्रधानमन्त्री त झनै हरेक भाषणमा हसाएरै उखान टुक्कामा समय बिताउने गर्दछन् ।

यसैबीच प्रचण्डले संसद विघटनको विरोधमा आगामी पुस ९ गते काठमाडौँमा दुई लाख मान्छे उतार्ने बताएका छन्। प्रचण्डले पछिल्लो परिस्थितिलाई हेरेर माघ १६ गते गर्ने भनिएको कार्यक्रम ९ गतेका लागि तय गरिएको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्