राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं , माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितल निवास पुगेका हुन् । पछिल्लो समय राष्ट्रपति र प्रधानमन्त्रीका विरुद्ध विरोध भइरहेको छ ।

प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । तर पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् ।

संसद विघटन भएसँर्गै अहिले शिर्षनेताहरु ने सडकमा आएका छन् । विरोध भइरहेकै बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । भेटमा भएको कुराकानीबारे भने केही खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्