विश्वको दोश्रो अग्लो हिमालमा पहिलो पाइला टेकेर नेपालीले रच्यो विश्व इतिहास

काठमाडौं, माघ ४ । विश्वको दोश्रो अग्लो हिमालमा पहिलो पाइला टेकेर नेपालीले विश्व इतिहास रचेको छ । १० जना नेपाली पर्वतारोही टीमले अग्लो हिमालमा पाइला टेकेर इतिहास रचेका छन् ।

पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड बनाएका हुन् ।उनीहरु पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए ।

उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । यो हिमाल अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका छैनन् ।

केटु हिमाल सगरमाथा भन्दा २ सय मिटर कम उचाइको छ । यो काराकोरम पर्वत श्रृंखलामा पर्दछ । पाकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमाल ८ हजार मिटर भन्दा बढीको १४ हिमालमध्ये एक हो ।

लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिएको थियो । सुरुमा नेपाली पर्वतारोहीको चारवटा टीम पर्वतारोहणका लागि निस्किएको थियो, जसमा ६० जना थिए ।

तर, अन्तिममा १० जनाले मात्र सफल आरोहण गरे । उनीहरुले केटु हिमाल चढेसँगै नेपालको नाममा ऐतिहासिक उपलब्धि दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्