भारतमा पहिलो दिन झण्डै २ लाखले लगाए कोरोनाको खोप

काठमाडौं , माघ । भारतमा पहिलो दिन हिजो झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कारोनाविरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन हिजो एक लाख ९१ हजार भन्दा धेरैले खोप लगाएका हुन् ।

हिजो ३ हजार ३ सय ५१ केन्द्रबाट कोभ्यासिक्न र कोभिसिल्ड दुवै खोप दिइएको थियो । कोरोना विरुद्धको खोप लगाएपछि केहीलाई एलर्जी भएको बिबिसी हिन्दीले जनाएको छ । तर, त्यहाँको स्वास्थ्य मन्त्रालयले भने खोप लगाएका कसैलाई पनि स्वास्थ्य समस्या नभएको र अस्पताल भर्ना पनि नभएका दाबी गरेको छ ।

भारतले पहिलो चरणमा प्राथमिकतामा परे अनुसार डाक्टर, स्वास्थ्यकर्मी र सरसफाईका कर्मचारी लगायत अंग्रपक्तिमा काम गर्नेलाई खोप दिइन थालेको छ । कोरोनाका को खोप अभियान हिजोृबाट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्