नर्वेमा कोरोनाको खोप लगाउने २९ जनाको मृत्यु, ७५ जना गम्भीर अवस्थामा

काठमाडौं, माघ ४ । नर्वेमा कोरोनाको खोप लगाउने २९ जनाको मुत्यु भएको छ । अन्य ७५ जना गम्भीर अवस्थामा रहेका छन् । नर्वेमा अंग्रेजी नयाँ वर्षको चार दिन पहिला मात्रै खोप लगाउन सुरु गरिएको थियो । यस अवधिमा २५ हजार भन्दा धेरैले खोप लगाएका थिए ।

मृत्यु भएका मानिसहरु सबैलाई खोपको पहिलो डोज लगाइएको थियो र त्यसपछि उनीहरुको स्वास्थ्य बिग्रिदै गएको थियो । बिरामी भएका मानिस वृद्द अवस्थाका रहेको नर्वे सरकारले जनाएको छ ।

मृत्यु भएका २९ मानिस मध्ये १३ जनाको मृत्यु खोपको कारण भएको पुष्टि भएको छ भने अन्य जाँच भइरहेको बताएको छ ।  मृत्यु हुनेमा बृद्धबृद्धा रहेका छन् ।

नर्वेयिन मेडिसिन एजेन्सीको अनुसार, मृत्यु भएका मानिस, कमजोर, वृद्द तथा नर्सिंग होममा रहेका मानिस थिए र सबैजना ८० वर्ष भन्दा धेरै उमेरका रहेको बताएको छ ।

यस संगै मानिसहरुले नर्वेको राष्ट्रिय खोप कार्यक्रममा कुन कुन उमेर समूहका मानिसलाई खोप लगाउने भन्ने प्रश्न गर्न थालेका छन् । भारत सहित विश्वका थुप्रै देशहरुले महामारीको अनत्य गर्नको लागि कोरोना विरुद्धको खोप अभियान चलाइएका छन् ।

नर्वेमा अंग्रेजी नयाँ वर्षको चार दिन पहिला फाइजरको खोप लगाउन शुरुवात गरिएको थियो ।
नर्वेयिन मेडिसिन एजेन्सी ९एनएमए० को अनुसार, फाइजर बायोएनटेकको खोप नर्वेमा उपलब्ध एक मात्र खोप हो र मृत्यु भएकाहरुको यसै खोप संग प्रत्यक्ष सम्बन्ध रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्