फर्किए परराष्ट्रमन्त्री ज्ञवाली , सिमाबारे कुरै भएन् , खोप प्राथमिकतामा

काठमाडौं, माघ ३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई पनि प्राथमिकतामा राखेको जानकारी दिएका छन्।

तीनदिने भारत भ्रमण सेकर शनिबार अपरान्ह नेपाल आइपुगेका मन्त्री ज्ञवालीले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन्।

‘भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छ’, त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘अति आवश्यक खोप तत्काल उपलब्ध गराउन तयार छ।’

मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने समहमति भएको बताए।

मन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकका लागि गत बिहीबार दिल्ली गएका थिए।यसैबीच सिमा विवाद बारे भने कुरै भएन् ।

प्रतिक्रिया दिनुहोस्