प्रधानमन्त्री ओलीले आज काठमाडौंमा आफ्ना कार्यकर्तालाई ‘विशेष सम्बोधन’ गर्दै

काठमाडौं, माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौं बस्दै आएका प्रदेश–१ का आफ्ना कार्यकर्तालाई विशेष सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा प्रदेश–१ का काठमाडौंवासी अगुवा कार्यकर्ताको भेला आयोजना गर्न लागिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

गत पुस ५ गते संसद् विघटन गरेयता नेकपा ओली र प्रचण्ड–नेपाल दुई समूहमा विभाजन भएको छ । त्यही दिनदेखि दुवैले अलग–अलग कार्यक्रम गरिरहेका छन् । दुवैले पक्षले आफू आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन् ।

ओली समूह प्रतिनिधि सभा विघटन जायज ठहर्‍याउने कसरतमा लागेको छ भने प्रचण्ड–नेपाल पक्ष ओलीले असंवैधानिक कदम चालेको भन्दै देशव्यापी आन्दोलनमा उत्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्