माछापुच्छ्रे बैंक  र एशियन डेभलपमेन्ट बैंक बीच टीएसिफपी कार्यक्रम अन्तर्गत सम्झौता

काठमाडौं, माघ २ । माछापुच्छ्रे  बैंक लि. र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीचएडीबीको ट्रेड एण्डसप्लाई चेन फाइनान्स प्रोग्राम अन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी)को तर्फबाट सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, श्री स्टेभन विक तथा माछापुच्छ्रे बैंक  लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभयो ।

ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आज सम्म २०० भन्दा बढी बैंकहरु संग सहकार्य गरिसकेको छ ।

उक्त सम्झौता पश्चात एडिबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरु लाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टी संग सम्बन्धित फाइनान्सिङ्ग सुविधाहरु प्रदान गर्नेछ ।

आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंक लि.ले एडीवीसंग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक बिकासमा ठुलो टेवा पुग्ने विश्वास लिएको छ ।

स्थापना कालदेखि नै माछापुच्छ्रे बैंक लिरिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा नयाँ नयाँ प्रविधिहरुको माध्यम बाट सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नका लागि कटिवद्ध रहदै आएको छ ।

पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५१शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस (POS Machine मार्फत बाट ग्राहकमहानुभावहरुलाई अत्याधुनिकप्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्