नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न, के भयो छलफल ?

काठमाडौं, माघ २ । नेपाल र भारतबीच संयुक्त आयोगको बैठक सम्पन्न भएको छ।नयाँ दिल्लीको हैदरावाद हाउसमा शुक्रबार भएको आयोगको छैठौं बैठक केहि घण्टा बसेर सम्पन्न भएको हो।

सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले आआफ्ना देशका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।।

बैठकका क्रममा भएका सहमतिहरुमा दुई देशका मन्त्रीले हस्ताक्षर गरेका छन्।बैठक सुरु हुनुअघि परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच भेटवार्ता भएको थियो। त्यसलगत्तै संयुक्त आयोगको बैठक सुरु भएको हो।

दुई मन्त्रीले अध्यक्षता गर्ने सो बैठकमा द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे छलफल हुने कार्यक्रम रहेको थियो।भारतस्थित नेपाली दूतावासका अनुसार दुई मन्त्रीबीचको भेटका क्रममा दुवैतर्फका राजदूत र परराष्ट्र सचिवहरु उपस्थित थिए।

भारतको तीन–दिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली हिजो बिहीबार नयाँ दिल्ली पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्