नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, माघ २ । नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंंबाट स्वीकृतिलिई पुस २९ गते बुधबार महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यको सभापतित्वमा सिमित संख्यामा महासं ३को सचिवालयमा भेला भई भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो ।
उक्त साधारण सभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका संस्थापक अध्यक्ष सागर समशेर राणाले गर्नु भएको थियो । सो सभामा सुचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङ्ग, नेपाल सरकारका उद्योग, सचिव चन्द्र कुमार घिमिरे , वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले भर्चुअल माध्यमबाट शुभकामना दिनु भएको थियो ।
त्यसै गरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्याकारी निर्देशक शरद बिक्रम राणा, नेपालउ द्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफकमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंशले भर्चुअलजुम बाट शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वार्षिक सभाको बन्द शत्रमा कार्य समितिको वार्षिक प्रतिवेदन, वित्तिय प्रतिवेदनमाथि छलफल भई पारित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्