भारतीय खोपलाई नेपालले दियो अनुमति
काठमाडौं , माघ २ । सरकारले नेपालमा कोरोना भाइरस कोभिड-१९ को आपतकालीन प्रयोगका लागि ‘कोभिसिल्ड’लाई अनुमति दिएको छ ।
औषधि व्यवस्था विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिएको हो ।
कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । भारतमा पनि यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।
पूणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चको सहायतामा तेस्रो चरणको परीक्षण गरेको थियो।
खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनीमध्येमा गनिन्छ। भारतीय सञ्चारमाध्यमका अनुसार सेरमले पाँच करोडभन्दा बढी डोज उत्पादन गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्