हुम्लाको लिमी गाउँ पाँच महिनाका लागि बन्द

काठमाडौं, माघ २ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि बन्द गरिएको छ । हिमपातपछि यो गाउँमा आवतजावत बन्द गरिएको हो ।

केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्को कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको उनले बताए ।दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको वडाध्यक्ष तामाङले जानकारी दिए।

केही दिन अगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६०० मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको छ। यी दुवै बाटो अब आगामी जेठ महिनामा मात्रै खुल्ने छ। यसरी लामो समयसम्म गाउँ नै बन्द हुँदा आवतजावतमा भने समस्या हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्