इन्डोनेसियामा ६. २ म्याग्नेच्युडको भूकम्प, ३ जनाको मृत्यु, दर्जनौं घाइते
काठमाडौं, माघ २ । इन्डोनियामा शुक्रबार बिहान ६. २ म्याग्नेच्युडको भूकम्प गएको छ। उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
सात सेकेन्डसम्म जमिन हल्लिएपछि आत्तिएका मानिसहरू घर छोडेर बाहिर निस्किएका थिए।इन्डोनेसियाको विपद् नियन्त्रण एजेन्सीले एउटा होटल र वेस्ट सुल्वेसीका गभर्नरको निवास पूर्ण रूपले क्षति भएको जनाएको छ।
बिहीबार पनि सोही क्षेत्रमा ५. ९ म्याग्नेच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। फाइल तस्बिर
प्रतिक्रिया दिनुहोस्