काँग्रेसले भोली ७५३ स्थानीय तहमा प्रदर्शन गर्दै , सहभागी बन्न देउवाको अपील

काठमाडौँ , माघ २ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक कदम विरुद्ध, माघ ३ को देशका ७५३ स्थानीय तहमा हुने प्रदर्शनमा सहभागी बन्न अपील गरेका छन् ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमका विरुद्धमा आन्दोलनका क्रममा काँग्रेसले आयोजनागरेको भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन अपिल गरेका हुन् ।

देउवाले संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं भन्दै संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको उल्लेख गरेका छन् । उनले पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध नेपाली कांग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ । काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्