मनमोहन अस्पतालको अध्यक्ष पदका लागि सिंखडाको उमेदवारी
काठमाडौं, १ माघ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अध्यक्ष पदका लागि गणेश सिंखडाले उमेदवारीदिनु भएको छ ।
अस्पतालको १४औं र १५औं साधारण सभा यहि माघ १७ गते हुँदैछ । जसको नेतृत्वको लागि स्थापना कालदेखि नै निरन्तर अध्यक्ष हुँ रहदै आएका राजेन्द्र प्रसाद पाण्डे, गणेश शिम्खडा र सुवर्णकृष्ण मल्लले अध्यक्ष पदका लागि उमेदवारी दिएका छन् । उपाध्यक्षका लागि भने अस्पतालका सचिव डा. रामकुमार अधिकारी निर्विरोध भइसकेका छन् । सचिवमा राजेन्द्र बराल र गिरिधर मिश्र रहेका छन् । अन्यपदका लागि सर्वसम्मतबाट पदाधिकारी चयन गर्ने प्रयास भइरहेको छ ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडका शेयर सदस्य मुरलीधर पोखरेलको प्रस्ताव र घनश्याम रिमालको समर्थनमा शिम्खडाले बुधबार उमेदवारी दर्ता गराएका हुन् । धादिङ्ग स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाउनु भएका शिम्खडाले अध्यक्षको उम्मेदवारी दिंदा अस्पतालका अधिकांश शेयरधनीहरु खुशि हुनुका साथै आफ्नो लगानी सुरक्षित हुनेमा समेत आशावादी भएका छन् ।
२०२६ सालमा धादिङ्गमा जन्मनु भएका सिंखडाले अध्यक्ष पदमा उमेदवारी दर्ता गर्दै नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्धारा संचालित मनमोहन मेमोरियल मेडिकल कलेजलाई स्थापित गरि छाड्ने प्रतिवद्धता व्यक्त गरे । कलेजले सम्बन्धन प्राप्त गरेको कुरालाई कार्यान्वयन गराउन र माथेमा आयोगको प्रतिवेदनलाई अक्षरस कार्यान्वयन गराउनु नै आफ्नो उमेदवारीभएको बताए । उनले यसको निम्ति सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तथा माग पुरा नभएमा चैत्र १ देखि माइतीघर मण्डलामा आमरण अनसन बस्ने समेत घोषणा गरे । सबै शेयरधनीको लगानी सुरक्षित र सर्वहारा नेता मनमोहन अधिकारीको सम्झनामा स्थापना भएको अस्पताललाई गरिब र निमुखाको अस्पताल बनाउन नै आफ्नो उमेदवारी भएको बताए ।
अध्यक्षको उमेदवारी दिंदै गर्दा उनले सदस्यहरु समक्ष ६ बुँदे प्रतिवद्धता पत्रसमेत जारी गरेका छन् । शेयरधनीहरुलाई छुट्टै उपचारको डेस्क व्यवस्था गर्ने, कलेजलाई सम्बन्धन प्राप्त गर्ने, संस्थालाई ऋण मुक्त बनाउने, शेयरधनीलाई प्रत्येक वर्ष लाभांश बाँड्ने, अस्पताललाई अत्याधुनिक सुविधा सम्पनन्न बनाउने, गरिब दीन दुःखी र उपचारको लागि सबैको पहुच पुग्ने अस्पताल बनाउने, सबै क्षेत्रका विशेषज्ञहरुसंग समन्वय गरि अस्पतालाई चुस्त र दुस्त राखी आर्थिक पारदर्शीता बनाउँदै सहकारी सुदृधिकरणमा लैजाने प्रतिवद्धता घोषणा गरेका छन् ।
युवा तथा जुझारु सरल तथा हक्की स्वभावका शिम्खडाले संस्थालाई अन्याय भएको हुँदा सम्बन्धन कार्यान्वयन गर्न सर्वाेच्च अदालतमा मुद्दा हाल्ने, मेडिकल कलेज सम्बन्धन पाउनु पर्ने, सरकारबाट गठित माथेमा आयोगले भनेअनुसार गर्नुपर्ने माग राखी आगामी फागुन १ बाट आन्दोलन सुरु गर्ने, तत् पश्चात पनि माग पूरा नभएमा आगामी चैत १ गतेदेखि माइतीघर मण्डलामा आमरण अनसन बस्ने समेत कार्य रोडम्याप बनाएका छन्।
२०६२ सालमा स्थापना भएको कलेजमा करिब दुई हजार सात सय शेयरधनी रहेका छन् । बर्तमान अध्यक्ष पाण्डेले करिब १५ वर्ष निरन्तर अध्यक्षको भुमिका निर्वाह गरिसकेका छन् । फेरी उनले अध्यक्षको उम्मेदवारी दिंदा संस्थाको गरिमा र प्रजातान्त्रिक प्रणालीको समेत उपहास भएकोछ । उनको नेतृत्व कालमा कलेजलाई नत सम्बन्धन दिलाउन सके नत शेयरधनीको लगानी सुरक्षित गराउनै । त्यसले पाण्डेको नेतृत्वको उमेदवारीलाई शेयरधनी सदस्यहरुले दोहोर्याउन चाहेका छैनन् । उनको निरन्तरले कलेजलाई राजनीतिक आवरण दिएको अन्य सदस्यहरुको बुझाई छ ।















प्रतिक्रिया दिनुहोस्