बालुवाटार र कोटेश्वरमा नेकपा स्थायी समिति बैठक, आ -आफ्ना गतिविधि तीव्र
काठमाडौं , माघ १ । ओली पक्ष संसद विघटनको समर्थन र प्रचण्ड पक्षले त्यसको विपक्षमा आफ्ना गतिविधि तीव्र बनाएका छन् । सरकारको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेपछि दुई नेकपाका अलगअलग बैठक बस्नुका साथै अन्य कार्यक्रमहरु पनि छुट्टाछुट्टै बस्दै आएका छन् ।
ओली पक्ष आगामी बैशाख १७ र २७ को निर्वाचनको तयारीमा छ भने प्रचण्ड पक्ष ओलीको प्रतिगामी कदम सच्याउदै संसद पुनःस्थापनाको माग लिएर आन्दोलनमा होमिएको छ । यसैबीच नेकपाको दुवै पक्षले स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी ओली पक्षले बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षले कोटेश्वरमा बैठक बोलाएका हुन् ।
ओली पक्षको बैठक बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक दिउँसो ३ बजेबाट बस्दैछ । कोटेश्वरमा बस्ने बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन र सांगठानिक विषयमा छलफल गर्ने नेता योगेश भट्टराईले जानकारी दिए ।
त्यस्तै ओली पक्षका नेता सुवास नेम्वाङले बालुवाटारमा समसामयीक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्