प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, माघ १ । पाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेललेजानकारी दिए। बैठकको एजेन्डाबारे भने केही जानकारी नगराइएको उनले बताए।

‘दिउँसो ३ बजेका लागि बैठकको सूचना आएको छ, एजेन्डाबारे केही बताइएको छैन’, पोखरेलले भने।पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ।

पार्टीले घोषणा गरेको दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी रहेकै बेला स्थायी समितिको बैठक बस्न लागेको हो।

बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथमा देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोह लगायतका कार्यक्रमको समीक्षा गर्नुका साथै कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्