कामना सेवाद्वारा ४.६३ प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं, पुस २९ । कामना सेवा विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बुधबार काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको हो ।
कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड–१९ को प्रभावको कारण नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो।
साधारण सभामा बैंकको चुक्ता पूँजीको झण्डै ५५ प्रतिशत भन्दा बढी सेयरधनीको प्रतिनिधित्व हुने गरी सेयरधनीको उपस्थिति रहेको थियो भने १०० जना भन्दा बढी सेयरधनीहरु जुम वेविनार मार्फत जोडिएका थिए।
साधारणसभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु दुई अर्ब ५४ करोड एक लाख ९५ हजार ३५२.०२ रुपैयाँको ४.४० प्रतिशतका दरले हुने रकम रु. ११ करोड १७ लाख ६८ हजार ३७९.५७ रुपैयाँ बोनस सेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२३ प्रतिशत अर्थात रु. ५८ लाख ८२ हजार ५४६।२९ रुपैयाँ बराबरको लाभांश कर प्रयोजनार्थ समेत गरी कूल ४.६३ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ।
बैंकले आ।व। २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक जि।पि। राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति गरेको छ।
सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७७/०७८ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए।
यससँगै कोभिडको प्रभाव कम हुँदै गई आर्थिक गतिविधिहरु सामान्य अवस्थामा चलायमान हुंदै गएको हुनाले शाखा सञ्जाल, बैंकिङ कारोबारको संख्यामा भएको उल्लेख्य वृद्धि, कर्जा तथा निक्षेपमा भएको वृद्धि, डिजिटाइजेसनमा गरेको दिगो लगानी, बजारमा बैंकले पारेको प्रभाव तथा साख आदिको कारण आगामी वर्ष राम्रो प्रतिफल प्रदान गर्नेमा विश्वस्त रहेको समेत जानकारी गराए।
त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए।
प्रतिक्रिया दिनुहोस्