हिमालयन बैंक र सिप्रदी ट्रेडिङ्गबीच सवारी साधन कर्जासम्बन्धि सम्झौता
काठमाडौँ , पुस २९ । हिमालयन बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच सवारी साधन कर्जासम्बन्धि सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका छन् ।
पौष २८ गते मंगलबारबाट लागु हुने गरी भएको सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने भएका छन् ।
हाल बैंकका देशभर रहेका ७० शाखाबाट सो कर्जा सुबिधा उपलब्ध रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्