पूर्वप्रधानन्यायाधीशहरुको साहसलाई सलाम गर्छु , ओलीको पतन अनिवार्यः प्रचण्ड

काठमाडौँ , पुस २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले संसद विघटन बारे पूर्वप्रधानन्यायाधीशहरुले आफ्नो विचार राखेर कर्तव्य निभाएको बताएको टिप्पणी गरेका छन् ।

उनीहरुको सहासलाई आफुले सलाम गर्ने बताउँदै प्रचण्डले पूर्वप्रधानन्यायाधीशहरु देशको जिम्मेवार र सचेत नागरिक भएको भन्दै उनीहरुले आफ्नो कर्तव्य पुरा गरेको बताए ।

साथै उनले सर्वोच्चले संबिधानकै ब्याख्या गरेर फैसला दिने भन्दै सर्वोच्चप्रति आफ्नो विश्वास रहेको बताए । कथमकदाचित उल्टो फैसला आएमा सबैभन्दा ठुलो अदालत जनताको अदालतमा जाने बताए ।प्रचण्डले न्यायालयलाई धम्काउने केपी शर्मा ओलीको प्रवृतिको भर्त्सना गर्ने बताएका छन् ।

नेकपाको प्रचण्ड-नेपाल पक्षको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफुले भनेजस्तो नै सर्वोच्चले फैसला गर्छ भन्ने जानकारी कसरी हासिल गरे भन्दै यो प्रश्न सोचनीय भएको टिप्पणी गरेका छन् ।

साथै उनले आफुहरु फेरी षड्यन्त्रका विरुद्ध सडकमा जानुपर्ने भएपनि अब तयार रहेको भन्दै प्रचण्डले ओलीको पतन अनिवार्य रहेको बताए । प्रचण्डले केपी शर्मा ओलीले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।प्रचण्ड-नेपाल पक्षले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री पाउन एकताको नाटक गरेर राजनीतिक सौदाबाजी गरेको आरोप लगाए ।

यसैगरि अध्यक्ष प्रचण्डले पार्टीको नाम र चिह्‍न आफ्नै पक्षको हुने जिकिर गरेका छन् । गण्डकी प्रदेश कमिटीको आयोजना गरेको कार्यकर्ता भेलामा उनले आफूहरुसँग ७० प्रतिशत रहेकाले आफ्नै पक्षमा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्