१३६ स्थानीय तहमध्ये १२२ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३६, नेकपा एमाले १६, नेकपा माओवादी केन्द्र २०, राष्ट्रिय जनता पार्टी नेपाल २१, संघीय समाजवादी फोरम नेपाल २३, फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल २ र नयाँ शक्ति नेपालका उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।

अब १४ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी छ । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्