सर्लाहीमा ईश्वर पोखरेलसहित सरकारका तीन मन्त्रीलाई कालो झण्डा
काठमाडौं, पुस २८ । यति बेला नेकपा विभाजन भएसँगै दुई समुहमा बाँडिएको छ । यसरी छुटिएपछि एकअर्कालाई आरो प्रत्यारोप तथा एक अर्कालाई कारवाही गर्ने प्रक्रिया चलीरहेको छ ।
यसैबीच उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सरकारका तीन मन्त्रीलाई सर्लाहीमा नेकपाका नेतारकार्यकर्ताले कालो झण्डा देखाएका छन्।पार्टी कार्यक्रमका लागि सर्लाही पुगेका मन्त्रीलाई प्रचण्ड-नेपाल समूहका विद्यार्थीले मंगलबार कालो झण्डा देखाएका हुन्।
सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, श्रम मन्त्री प्रभु साह र महिला बालबालिका तथा समाज कल्याण मन्त्री लिलानाथ श्रेष्ठलाई दाहाल-नेपाल समूहका विद्यार्थीले लालबन्दी नगरपालिकाको नवलपुरमा कालो झण्डा देखाएको अखिलकी नेतृ आरती लामाले बताइन्।
संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने पूर्व निर्धारित कार्यक्रम अनुसार नै कार्यक्रम गरिएको थियो ।















प्रतिक्रिया दिनुहोस्