विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज पक्राउ
काठमाडौं , पुस २८ । प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको दलित मुक्ति मोर्चाका उपत्यका ब्युरो इन्चार्जलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालका अनुसार विप्लव समूहका वृखबहादुर बोहरा उर्फ रेशमलाई पक्राउ गरिएको हो ।
काठमाडौंको भंगालबाट समातिएका उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । बोहरा भक्तपुर जिल्लाको आर्थिक विभागका प्रमुख हुन् । भक्तपुरमा उनले चन्दा आतंक मच्चाएको सुराकको आधारमा प्रहरीले उनलाई खोजेको थियो ।















प्रतिक्रिया दिनुहोस्