ग्लोवल आइएमइ बैंकको नयाँ शाखारहित बैंकिङ सेवा कञ्चनपुरमा
काठमाडौं, पुस २८ । ग्लोवल आइएमइ बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा विस्तार गरि बैंकिङ्ग सेवा संचालनमा आएसँगै अब सेवा संख्या २४४ पुगेको छ ।
उक्त बैंकिङ सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गैराल तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले संयुक्तरुपमा गरेका छन् । प्रतिनिधिमा गंगाराम रानालाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
यो बैंकको ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४४ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालय छन् ।
प्रतिक्रिया दिनुहोस्