एनएमबि लघुवित्तको आठौं वाषिक साधारण सभा सम्पन्नः २० प्रतिशत लाभांश पारित
काठमाडौं, पुस २८ । एनएमबि लघुवित्त वित्तीय संस्थाको आठौं वाषिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभासोमबार सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १ (एक) प्रतिशतका दरले हुन आउने रकम ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश वापत (वोनस सेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी हाल कायम चुक्ता पुँजी ४५ करोड ३६ लाख १७ हजार ५ सय रुपैयाँको १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँं बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्