हिमालयन बैंकले गर्यो २० प्रतिशत लाभांस पारित

काठमाडौं, पुस २८ । हिमालयन बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा बैंकको २० प्रतिशत लाभांस पारित भएको गरेको छ ।

बैंकको २८औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

यो बोनस शेयरको वितरणपछि बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने बैंकले जनाएको छ ।सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६र७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो।

यो बैंकको हालसम्म ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२०० भन्दा बढी पिओएस ट्रमिनल्स संख्या रहेको छ।

प्रतिक्रिया दिनुहोस्