प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले २० प्रतिशत सम्मको छुट

काठमाडौं , पुस २८ । प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले २० प्रतिशत सम्मको छुट पाउने भएका छन् ।

आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र वीरगंजस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा कुमारी बैंक प्रदेश–२ का प्रमुख सिद्धार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्रअनुसार प्रभु अस्पतालका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा २०५ र औषधीमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ५५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्