जानिराखौं पालुंगोका फाइँदा
काठमाडौं , पुस २८ । हरियो सागमा पालुंगो स्वास्थ्यका लागि निकै लाभदायक छ । पालुंगोको साग खानमा मात्र स्वादिलो हुँदैन यो स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ । यसमा थुप्रै भिटामिन हुन्छ ।पालुंगोको तरकारी सामान्यत रुचिकर तथा छिट्टै पच्ने खालको हुन्छ ।
यसको बीउ शीतल दिने खालको हुन्छ । श्वाश फेर्न कठिनाइ भएको, कलेजो सुन्निने भएकाहरुका लागि यसको तरकारी उपयोगी हुन्छ ।
नियमित रुपमा पालुंगोको साग खानाले स्मरण शक्ति बढनुका साथै आयोडिनका कारण दिमागी थकान समेत कम गर्न मद्दत गर्छ । जण्डिसका रोगीले पालुंगोको साथ काँचै चपाउनु निकै फाइदाजनक हुन्छ । रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ ।
पालुंगो नियमित रूपमा खाँदा धेरै रोग नै लाग्दैन । पालुंगोमा शरीरका लागि आवश्यक अनेकौं अमीनो एसिड, फोलिक एसिड, प्रोटीन, भिटामिन ए र आइरन तत्त्व पाइन्छन् ।
यसमा भएको बीटा केरोटिन नामक भिटामिनले आँखा बलियो बनाउँछ ।
पालुंगोले रुखो छालालाई नरम बनाउँछ अनि आँखामा चमक ल्याउँछ । पालुंगोको पेस्ट अनुहारमा लगाउनुभयो भने सबै दागधब्बा हराउँछन् ।
छालामा पीलो वा दाना पलाएमा पालुंगोका पातलाई पानीमा उमालेर धुँदा छिट्टो निको हुन्छ । पालुंगो र कागतीको रसका दुई वा तीन थोपामा ग्लिसरिन मिसाएर छालामा दलेर सुत्ने बेलामा लगाउँदा छाला सुक्खा हुन पाउँदैन ।
पालुंगोले पाचनतन्त्रलाई सन्तुलनमा राखेर भोक बढाउन मद्दत गर्छ ।
पालुंगो र गाजरको रसमा दुईचार थोपा कागतीको रस हालेर पिउँदा अनुहार सुन्दर र कान्ति छाउँछ ।
प्रतिक्रिया दिनुहोस्