माइतीघरमा ओलीको विरोधमा ‘बयलगाडा’ प्रदर्शन
काठमाडौं , पुस २६ । नेकपाको प्रचण्ड–माधव पक्षका विद्यार्थी संगठन९अनेरास्ववियु०ले बयलगाडा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा उनीहरुले आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले ओलीलाई गणतन्त्र विरोधीको संज्ञना दिँदै उनको विरोधमा बयलगाडा प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको छ भने त्यसक्रममा प्रहरी र विद्यार्थीहरुबीच घम्साघम्सी पनि भएको थियो ।
जनआन्दोलनका बेला ओलीले ‘गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो’ भनेका थिए । सोही अभिव्यक्तिको व्याङ्ग्य गर्न अनेरास्ववियूले आइतबार राजधानीसहित देशका विभिन्न स्थानमा बयलगाडा प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले लगातार आन्दोलन गरिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्