हिमालयन बैंकको शाखा दोलखाको चरिकोटमा
काठमाडौँ , पुस २६ । हिमालयन बैंक लिमिटेडले दोलखाको चरिकोटमा आफ्नो नयाँ शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ ।अब ग्राहकहरुले उक्त शाखा मार्फत अत्याधुनिक बैंकिंग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटिएको संख्या १४६ र ४२०० भन्दा बढी पिओएस टर्मिनलको संख्या पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्