कोभिडको भ्याक्सिन छिटै ल्याउँछौं , अब समस्या समाधान हुन्छ : प्रधानमन्त्री

काठमाडौं , पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को भ्याक्सिन सरकारले छिटै ल्याउने बताएका छन् । राष्ट्रियसभामा बैठकमा उनले कसैको पनि नेतृत्वको सरकारभन्दा अहिलेको सरकारको काम कम नभएको दाबी गरे ।

“हामी भ्याक्सिन ल्याउने तयारीमा छौं । छिटै ल्याउँछौं र ल्याइसकेपछि कोभिडको ठूलो समस्या रहँदैन । कोभिडको समस्या समाधान हुन्छ,” उनले भने ।

कोभिड सुरु हुँदा तातोपानीले घाँटी, नाकमुख सफा गर्न सिकाएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्