प्रचण्ड–माधव समूहले बोलायो सचिवालय बैठक

काठमाडौं , पुस २६ । नेकपा प्रचण्ड–माधव समूहले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको एक नेताले बताए ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ ।

एउटा समूहको नेतृत्व अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध थालिएको दोस्रो चरणका संघर्षका कार्यक्रमका विषयमा बैठकमा छलफल हुनेछ। पार्टी, संगठनमा रिक्त पदपूर्ति र अन्य सांगठनिक विषयमा पनि छलफल र निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए।

पत्नी सीताको उपचारका लागि भारत पुगेका अध्यक्ष दाहाल फर्केको भोलिपल्ट यो समूहको सचिवालय बैठक बस्न लागेको हो। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ।

ओली समूहले प्रतिनिधि सभा विघटनको बचाउमा कार्यक्रम गरिरहेको छ भने दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध देशव्यापी कार्यक्रम गरिरहेको छ।

दाहाल–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ। उता, ओली समूहले भने श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइ प्रदीप ज्ञवालीलाई प्रवक्ता बनाउँदै केन्द्रीय समिति विस्तार गरेको छ।

दुवै समूहले आफू नै आधिकारिक नेकपा भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्