प्रतिनिधि सभा पुनर्स्थापना नभए चुनावमा जानुपर्छ : शेखर कोइराला
काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सर्वोच्च अलादलते प्रतिनिधि सभा पुनर्स्थापना नगरे चुनावमा जानुको विकल्प नभएको बताएका छन् ।
आइतबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण अदालतको निर्णयलाई स्वीकार गर्ने बताए ।
‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण अदालतको निर्णयलाई स्वीकारेर अगाडि बढ्छ’, डा। कोइरालाले भने, ‘अदालतले प्रधानमन्त्रीको निर्णय सदर गरेको अवस्थामा कांग्रेस निर्वाचनमा जानुपर्छ, चुनावबाट कोही पनि भाग्न मिल्दैन ।’ उनले कांग्रेसले संसद् भंग गर्ने काम असंवैधानिक भएको बताएको भन्दै असंवैधानिक भनेकै कारण पुनर्स्थापनाका लागि संघर्ष गर्नुपरेको बताएका छन् ।
नेता कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापना नभए निर्वाचनको सुनिश्चितताका लागि दबाब दिनुपर्ने बताए । नेता कोइरालाले प्रतिनिधिसभा पुनर्स्थापना पनि नहुने र वैशाख १७ मा चुनाव पनि नहुने अवस्थामा मात्रै प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई फाल्न संयुक्त संघर्ष आवश्यक हुने बताए ।
त्यसअघि कांग्रेसले कसैसँग सहकार्य नगर्ने उनको भनाइ थियो । हिजो कांग्रेस सभापति देउवाले पनि संसद पुनस्र्थापना नभए कांग्रेस चुनावमा जाने र अन्य दलहरु पनि आउने बताएका थिए ।















प्रतिक्रिया दिनुहोस्