कर्मचारी कल्याण बहुउदेशयीय सहकारी संस्था लिमीटेड को १३ औं वाषिर्क साधारणसभा तथा पाचौं अधिवेशन सम्पन्न
धादिङ्ग, पुस २५ । कर्मचारी कल्याण बहुउदेशयीय सहकारी संस्था लिमीटेड को १३ औं वाषिर्क साधारणसभा तथा पाचौं अधिवेशन सम्पन्न भएको छ । धादिङ्गमा एक कार्यक्रमका बीच आज सम्पन्न भएको हो ।
साधारणसभामा गत आर्थिक वर्षको आय व्ययको विवरण प्रसतुत गरिएको छ । १५५ जना शेयरधनी रहेको संस्थाको चुत्ता पुँजी १२ लाख २४ हजार ५ सय रहेको छ भने २०६६ / ७७ मा ३ लाख ६ हजार ९ सय ८१ नाफा कमाएको छ । यस्तै साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गरेको छ । अध्यक्ष पशुराम सुवेदीको अध्यतातामा १३ सदस्यी कार्यसमित चयन गरिएको हो ।
कार्यसमिती उपाध्यक्ष्य कृष्णबहादुर पौडेल, महिला उपाध्यक्षमा मिश्रा सिजवाल , सचिव पदमराज अधिकारी, सहसचिव रणबहादुर श्रेष्ठ , कोषाध्यक्ष मित्रप्रसाद रिजाल , सदस्यहरुमा बालकृष्ण नेपाली, नायरायण कुमार श्रेष्ठ, डण्डपाणी रिजाल , भिमसेन कुमार श्रेष्ठ, चमेली गुरुङ , समिता श्रेष्ठ , कृष्ण कुमार श्रेष्ठ रहेका छन् ।
यसैगरि लेखा समितिमा रामप्रसाद रिजालको संयोजकत्वमा भिमसेन कुमार श्रेष्ठ, पदम प्रसाद लम्साल चयन भएका छन् भने शिक्षा उपसमितिको संयोजकमा बालकृण्ण नेपाली , सदस्यहरु कृष्ण श्रैष्ठ, सुर्य प्रसाद देवकोटा रहेका छन् । त्यस्तै सभाले ऋण उपसमिति , ऋण अनुगमन उपसमिति र सल्लहाकार समतिति समेत गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्