प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’

काठमाडौं, पुस २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा वृहत् जुलुस निस्किएको छ।

प्रधानमन्त्रीसमेत रहेका ओलीको समर्थनमा शनिबार काठमाडौंको विभिन्न स्थानबाट निस्किएका मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन्। दओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विरोध भइरहेको बेला मधेशबाट आएकाहरुले ओलीको कदमको समर्थनमा र्‍याली निकालेका हुन्। र्‍यालीमा सहभागी हुन महोत्तरी, सर्लाही लगायतका जिल्लाबाट शुक्रवार नै मानिसहरु काठमाडौं आएका थिए।

राष्ट्रिय युवा संघको आयोजना निस्किएको जुलुसले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको व्यानरसहित प्रदर्शनमा उत्रिएका छन्।सेतो कुर्ता र धोती लगाएर सडकमा ओर्लिएकाहरुले ओलीको समर्थनमा रहेको युवा संघको झण्डा बोकेर र्‍यालीमा आएका थिए। आफूसँगै ल्याएका ब्यागहरु बोकेरै महिलाहरु प्रदर्शनमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्