पत्नी सीतालाई भारतमै छोडेर आज स्वदेश फर्कदै प्रचण्ड

काठमाडौं, पुस २५ । पत्नी सीताको उपचारका लागि भारत गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ काठमाडौं फर्कने भएका छन् ।

पत्नी सीतालाई भारतमै छोडर प्रचण्ड स्वदेश फर्कन लागेको उनको सचिवालयले जनाएको छ ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड गत पुस २० गते छोरीहरुसहित भारतको मुम्बई गएका थिए । सीता अस्वस्थ्य भएपछि भारत लानुअघि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी०बाट लामो समयदेखि पीडित छिन् ।

प्रतिक्रिया दिनुहोस्