प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीलाई पठायो संविधानको प्रति

काठमाडौं, पुस २४ । प्रचण्ड–नेपाल नेकपाले देशका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र र संविधानको प्रति पठाएको छ ।

संविधानसम्मत् नभई गैरसंवैधानिक रूपमा संसद् विघटन गरिएको भन्दै उक्त कदम फिर्ता गर्न यस नेकपा समूहले गरिरहेको आन्दोलनअन्तर्गत शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत संविधानको प्रति पठाइएको हो ।

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेको भन्दै विरोधका विभिन्न कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्