सिटिजन्स बैंकका ग्राहकहरुले होटल अकामामा विशेष छुट पाउने

काठमाडौं , पुस २४ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं धुम्बाराहि स्थित होटल अकामा बीच छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट मिल्नेछ ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्