सीमान्तकृत बोटे माझी र दलित बस्तीमा घर उपहार दिने काँग्रेस नेता चन्द्र भण्डारीको घोषणा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सीमान्तकृत बोटे माझी र दलित बस्तीमा एक–एक घर उपहार दिने घोषणा गरेका छन् ।

सदरमुकाम तम्घासमा जिल्लाका सरकारी कार्यालयका प्रमुखसँगको बैठकमा नेता भण्डारीले यस्तो घोषणा गर्नुभएको हो ।

गुल्मी क्षेत्र नं २ का सांसदसमेत रहेका भण्डारीले सीमान्तकृत बम्घा, चोरकाटे, हुँगा, रुपाकोट, बलिथुम, वामीटक्सार, मुसिकोट लगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदाय अन्तर्गत कुमाल, दलित र बोटे माझीको यो दशैँको उपहारस्वरुप घर निर्माणको कार्य थालनी गरिएको बताए ।

बम्घा र बलिथुममा रहेका सीमान्तकृत बस्तीमा १५० घर निर्माणको कार्य तीव्र गतिमा भइरहेको र अब थप ३०० घर निर्माणको कार्य अगाडि बढेको स्रोतले जानकारी दियो ।

त्यस्तै नेता भण्डारीले अहिलेको दशैँ बलिथुममा रहेका सीमान्तकृत बोटे माझी समुदायसँग बसेर मनाउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्