टि प्लस टु कार्यान्वयनमा ल्याउँदै बोर्ड, अब शेयर बेचेको दुई दिनमै रकम पाइने

काठमाडौं, पुस २३ । नेपाल धितोपत्र बोर्डले टि प्लस टु कार्यान्वयनमा ल्याउने तयारी थालेको छ । बोर्डले सेयरको राफसाफ अवधि टी प्लस ३ बाट टी प्लस २ बनाउने तयारी थालेको हो ।

यो नियम नियम माघको पहिलो साताबाटै कार्यान्वयनमा आउने बोर्डले जनाएको छ । हाल शेयर बिक्री गरिसके पछि राफसाफका लागि ३ दिनको अवधि छुट्यएकोमा अब उक्त समयलाई घटाएर २ दिनको बनाउने तयारी गरेको हो ।

बोर्डले सिडीएसलाई उक्त नियम कार्यान्वयनको लागि निर्देशन दिने तयारी गरेको बताएको छ ।

यो नियम लागु भएमा शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको शेयर आइसक्नु पर्छ। यसले बजारलाई थप चलायमान बनाउने विशवाससमेत लिइएको छ ।

सीडीएसीको सञ्‍चालक समितिको बैठक बसेर यो मितिबाट टी प्लस २ लागु गर्ने भनेर निर्णय गर्दै विनियमावली संशोधका लागि धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्