प्रभु लाइफ इन्स्योरेन्सद्धारा सेयर अभौतिकीकरण गर्न आग्रह

काठमाडौं, पुस २३ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरूलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

कम्पनीले धितोपत्र सम्बन्धी एन, २०६३ एवम सो अन्तर्गत बनेको विनिमयले तोकेको बमोजिम हाल सूचीकृत कम्पनीहरुले जारी गर्ने धितोपत्रहरु भौतिक प्रमाणपत्र रहित गरी विद्युतीय रुपमा मात्र निष्कासन गर्नुपर्ने व्यवस्था भएकाले संस्थापक सेयरधनीहरूलाई सेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको हो ।

जसका लागि सेयरधनीहरुले आफुसँग भएको सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउनु पर्ने छ । हितग्राही खाता नम्बर (डिम्याट) उपलब्ध गराउने निवेदनको ढाँचा कम्पनीको वेबसाइट वा प्रभु क्यापिटल लिमिटेडको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्