माछापुच्छ्रे बैंक रगोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्टबीच व्यवसायिक सम्झौता
काठमाडौं, पुस २३ । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट(गोकर्णेश्वर,बुढानिलकण्ठ)बीच बैंकका ग्राहकहरु लाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०% सम्म छुट पाउनेछन् । त्यसै गरि पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा १० % सम्मछुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा QR प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १४८शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखा रहित बैंकिङ्ग समेत गरी जम्मा ३१३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरी रहेको छ । साथै, बैंकको देशभर १९८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्