सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछ, हामी ढुक्क छौँ : मिनेन्द्र रिजाल

काठमाडौं , पुस २३ । नेपाली काँग्रेसका नेता डा.मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने बताएका छन् ।  काठमाडौंमा आज पत्रकारसँग कुरा गर्दै डा.रिजालले यस्तो बताएका हुन् । उनले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरे ।

उनले भने, “सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ । मुलुक अहिले निर्वाचनको बाटोमा जाँदैन ।”संविधानलाई लयमा ल्याएपछि प्रतिनिधिसभा स्थापना गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

साथै डा रिजालले आगामी फागुनमा काँग्रेसको महाधिवेशन सम्भव नरहेको बताउँदै संविधानले दिएको अधिकार प्रयोग गरी त्यसपछिको ६ महिनामा पार्टीको महाधिवेशन गरिने उनको तर्क थियो ।

यता  सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै यति बेला शिर्ष नेताहरु नै आन्दोलनमा आएका छन् । सच्याउनु पर्ने माग गर्दे उनीहरु आन्दोलनमा होमीएका हुन् ।

प्रतिक्रिया दिनुहोस्