विप्लव समूहका काठमाडौं सेक्रेटरीसहित ३ जना पक्राउ
काठमाडौं , पुस २३ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका तीन काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा समूहका काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही रहेका छन् ।
साथै उनीहरुको साथबाट साथबाट केही महत्वपूर्ण कागजपत्र पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीका डीएसपी प्रमिश विष्टका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध अहिले काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका तिनै जनाविरुद्ध चन्दा ऐन अन्तरगत म्याद थप गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्