विदेशी लगानीका निर्माण परियोजनासँग स्थानीयको नाजायज मागले निर्माणमा समस्या
काठमाडौँ, २३ पुस । नेपालमा विकास निर्माणका परियोजनाहरुमा विवाद हुनु अव सामान्य भई सकेको छ । अझ वैदेशिक सहयोगमा निर्माणाधीन आयोजनामा स्थानीयले पटक–पटक अवरोध गर्दै अनुचित लाभ लिने होडबाजीमा स्थानीयले पटक–पटक त्यस्ता आयोजनाको निर्माण कार्यमा अवरोध गर्दै आएका छन् । नागढुंगा सुरुङमार्ग आयोजना त्यसको पछिल्लो उदाहरण हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको १४ महिनापछि गत पुस ८ गते सुरुङमार्गको सुरुङ खन्ने काम सुरु भएको थियो । सुरुङ खन्न थालेको दुई साता नबित्दै चन्द्रागिरि नगरपालिका, वडा नं २ का स्थानीयले आयोजना निर्माणस्थलमा पुगेर माग पूरा नगरे सुरुङमार्गको निर्माण कार्य ठप्प पारिदिने धम्की दिएका छन्। स्थानीयले सुरुङमाथिको जग्गाको मुआब्जा मागेर पेस गरेका छन्।
अहिलेसम्म हामी कहाँ सुरुङमुनिको जग्गाको मुआब्जा कतै वितरण गरिएको सुनिएको छैन । तर चन्द्रागिरिका स्थानीयले ज्ञापनपत्रमा सो माग राखेका छन्। स्थानीयले खानेपानीको व्यवस्था गर्नुपर्ने, स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने लगायत माग राखेर ज्ञापनपत्र बुझाएका हुन्। । स्थानीयले पूरा गर्नै नसक्ने खालका माग राख्दै ज्ञापनपत्र बुझाएको बताए। स्थानीयले सुरुङमाथिको जग्गाको समेत मुआब्जा उपलब्ध गराउनुपर्ने माग राख्नु अब आयोजना माथी कालो बादल मडारीएको र यो समयमा समस्या समाधान ननिकालिए आयोजना अलपत्र पर्ने निश्चित रहेको आयोजनाका स्रोत बताउछ ।
आयोजनाले जमिनको सतहभन्दा करिब सय मिटरमुनि मात्रै सुरुङमार्ग निर्माण गर्ने हो । सुरुङमाथिको जमिनमा जस्तोसुकै भवन निर्माण गरे पनि कुनै समस्या हुँदैन। स्थानीयले अहिलेसम्म निर्माणमा अवरोध नगरे पनि सो माग पूरा नगरेको खण्डमा अवरोध गर्ने चेतावनी दिएको बताए । आयोजनाको सुरुङ खन्ने काम भर्खरै सुरु भएको छ ।
स्थानीयबासीले सुरुङ खनेपछि खानेपानी र सुरुङमार्गमाथिको जग्गाको मुआब्जा, ६ किलोमिटर सडक कालोपत्रे गरिदिनुपर्ने, फुटबल मैदान निर्माण गरिदिनुपर्ने आदि माग राखेर निर्माणमा अवरोध पुर्याउन लागेको जानकारहरु बताउछन ।















प्रतिक्रिया दिनुहोस्