चीनमा घुस लिएको आरोपमा दियो चिनियाँ उद्योगपतिलाई मृत्युदण्ड
काठमाडौं, पुस २२ । घुस लिएको आरोपमा चिनियाँ उद्योगपतिलाई मृत्युदण्ड सजाए दिएको छ । चीनले घुस लिएको आरोपमा एक प्रतिष्ठित उद्योगपतिलाई मृत्युदण्ड दिने भएको हो ।
सन् २०१८ मा गिरफ्तार भएका लाई सिओमिनमाथि दश वर्षको अवधिमा २८० मिलियन अमेरिकी डलर घुस लिएको आरोप
उनीमाथि लागेको थियो ।
उनले घुस लिएको पुष्टि भएसँगै उनीमाथि मृत्युदण्डको फैसला गरिएको बताएको छ ।भ्रष्टाचार विरोधी अभियान अन्तर्गत मंगलबार तियानजिनको अदालतले सिओमिनलाई मृत्युदण्डको सजाय दिएको हो।
यता अदालतले उनको अपराधले देशको हितमा ठूलो क्षति पुर्याएको बताएको छ। यस्ता नियम र कानुनले पनि देशमा घुस लिनेको कमी हुने अपेक्षा पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्