नेता नेपालको टिप्पणी : संसद् विघटन ओलीको देश र व्यवस्था सिध्याउने कदम
काठमाडौं, पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले संसद विघटन केपी शर्मा ओलीको देशै सिध्याउने कदम भएको बताएका छन् ।
नेकपा प्रचण्ड–नेपाल पक्षले विभिन्न दलका शीर्ष नेताहरुसँग काठमाडौं बानेश्वरमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ओलीले संसद विघटन गरी सिङ्गो व्यवस्थाविरुद्ध प्रहार गरेको उनले आरोप लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको उन्माद रहेको बताउँदै उनले यो गैरसंवैधानिक कदम सिंगो व्यवस्थाविरुद्ध, संघीयताविरुद्ध, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था विरुद्ध रहेको उनको तर्क थियो ।नेता नेपालले ओलीको यस्तो चाहना पूरा हुन नदिने दावी गरेका छन् ।
उनले भने, ‘सुनिन्छ, संकटकाल लगाउने । संकट निम्त्याउँदै जाने । तर, त्यस्तो षड्यन्त्रको सम्भावना कसैले नदेखे हुन्छ ।’ अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको उनले बताए । यसरी ओलीविरुद्ध दाहाल नेपाल समुह आक्रमक भएको छ ।















प्रतिक्रिया दिनुहोस्